Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

विद्युतीय कार्ड लिँदा आवश्यक जानकारी लिन राष्ट्र बैंकको आग्रह

विद्युतीय कार्ड लिँदा आवश्यक जानकारी लिन राष्ट्र बैंकको आग्रह


  • 1.1K
    Shares

    • images
    विद्युतीय कार्ड लिँदा आवश्यक जानकारी लिन राष्ट्र बैंकको आग्रह

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय कार्डहरु लिँदा सोसँग सम्बन्धित विषयबारे जानकारी लिएर मात्रै कार्ड लिन आग्रह गरेको छ । 

    राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागी एक सन्देश जारी गर्दै कुनैपनि वित्तीय संस्थाले विद्युतीय कार्ड जारी गर्दा आवश्यक जानकारी प्रदान गर्नुपर्ने बताएको छ ।

    नेपाल राष्ट्र बैंकबाट जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ को विद्युतीय भुक्तानी कार्ड सञ्चालनसम्बन्धी व्यवस्थामा बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड जस्ता विद्युतीय कार्ड जारी गर्दा, आवेदन फारमसँगै कार्ड प्रयोगसम्बन्धी सम्पूर्ण आवश्यक जानकारी उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

    विद्युतीय कार्ड लिनुपूर्व ग्राहकले त्यसबापत लाग्ने शुल्क, कारोबारको सीमा तथा कार्डबाट प्राप्त हुने अतिरिक्त सुविधाजस्ता विषयमा आवश्यक जानकारी लिन पनि केन्द्रीय बैंकले सुझाव दिएको छ। 

    प्रकाशित मिति :मंसिर २३ २०८२ मंगलवार - १२:४३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij