Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

देशभरका भन्सार कार्यालय आजदेखि ठप्प, सबै प्रकारका मालवस्तुको आयात निर्यात रोकियो

देशभरका भन्सार कार्यालय आजदेखि ठप्प, सबै प्रकारका मालवस्तुको आयात निर्यात रोकियो


  • 918
    Shares

    देशभरका भन्सार कार्यालय आजदेखि ठप्प, सबै प्रकारका मालवस्तुको आयात निर्यात रोकियो

    काठमाडौं । देशभरका भन्सार कार्यालय आजदेखि ठप्प भएका छन् । भन्सार एजेन्ट महासङ्घको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको हो । 

    केही समय अघि संसदबाट पारित भएको भन्सार ऐनमा भएको व्यवस्था अन्यायपूर्ण भएको भन्दै भन्सार एजेन्टले यसलाई सच्याउन माग गर्दै आएका थिए । तर लामो समयसम्म लबिङ गर्दा पनि निर्णय सच्याउनेतिर कुनै ध्यान नदिएपछि भन्सार जाँचपास नै अवरुद्ध गर्नुपरेको भन्सार एजेन्ट महासंघले जनाएको छ । 

    महासंघले भन्सार ऐनमा भएका अव्यवहारिक व्यवस्थाहरू, सर्भरमा देखिएको निरन्तरको समस्या, र पेशागत हकहितका विषयलाई लिएर चरणबद्ध आन्दोलन अन्तर्गत पेनडाउन थालिएको महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले जानकारी दिए । 

    योसँगै देशमा हुने सबै प्रकारका मालवस्तुको आयात निर्यात रोकिएका छन् । यसअघि सोमबार महासंघले वीरगञ्ज भन्सार कार्यालयमा पेनडाउन गरेको थियो । 

    प्रकाशित मिति :मंसिर २३ २०८२ मंगलवार - १२:२९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij