२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालको बयान लिँदै छ । आजदेखि सशस्त्र प्रहरीका आईजी अर्यालको बयान लिइने आयोगका प्रवक्ता तथा पूर्व एआईजी विज्ञानराज शर्माले बताएका छन् ।
गौरीबाहादुर कार्की नेतृत्वको आयोगले यसअघि सशस्त्र प्रहरीको कार्य विभागका प्रमुख नारायणदत्त पौडेल र सशस्त्र प्रहरीका डीआईजी सुरेश श्रेष्ठको पनि बयान लिइएको छ । अर्यालको बयान पूरा भएपछि नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की र पूर्व आईजीपी चन्द्रकुवेर खापुङसँग बयान लिने तयारी गरिएको आयोगका एक पदाधिकारीले बताएका छन् ।
आयोगले राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा, पूर्व मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय अनुसन्धान विभागको उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, नेपाल प्रहरीका एसपीद्वय अपिल बोहरा र कुलदीप चन्दसँग बयान लिइसकेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij