२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न आदेश दिएपछि पदमुक्त भएका मनोज सिलवालले अदालतको निर्णय आएदेखि नै आफू बिदामा बसिसकेको बताएका छन् ।
सोमबार सर्वोच्चको फैसला आएलगत्तै आफू जिम्मेवारीबाट अलग भएको उनले बताएका छन् । सिलवालले भने,‘ सर्वोच्च अदालतको आदेश आएपछि म हिजोदेखि नै कार्यालय गएको छैन, म बिदामा छु,’।
उनले अब प्राधिकरणको नेतृत्व पुनर्बहाली भएका हितेन्द्रदेव शाक्यले नै सम्हाल्ने र आफूले त्यसमा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् । उनले सरकारले योग्य ठानेर आफूलाई जति समय जिम्मेवारी दियो, त्यो समयमा प्राधिकरणको हितमा काम गरेको दाबी गरेका छन् ।
सरकारले गत असोज ५ गते हितेन्द्रदेव शाक्यलाई हटाएर मनोज सिलवाललाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। सो निर्णयविरुद्ध शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij