२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)ले जेनजी महोत्सव आयोजना गर्ने भएको छ ।भोलिदेखि पुस ८ गतेसम्म दुई हप्ता जेनजी महोत्सव आयोजना गर्न लागिएको हो ।
राष्ट्रियसभा गृह भृकुटी मण्डपमा बिहान ११ बजे सुरु हुने महोत्सवको उद्घाटन नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गर्ने अखिल क्रान्तिकारीले जनाएको छ ।
जेनजी महोत्सव आयोजना गर्नुको उद्देश्य युवाहरूको प्रतिभालाई उजागर गर्ने, क्षमता र योग्यतालाई सम्मान गर्ने रहेको अखिल क्रान्तिकारीका फ्याक्सन इन्चार्ज हिमाल शर्माले बताएका छन् ।
पार्टीभित्र जेनजीलाई उचित प्रतिनिधित्व गराउने विषयमा समेत छलफल भइरहेको शर्माको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij