Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

भारी बोकेर पढाएको तीन सन्तान एकैपटक अधिकृत भएपछि...

भारी बोकेर पढाएको तीन सन्तान एकैपटक अधिकृत भएपछि...


  • 2.1K
    Shares

    भारी बोकेर पढाएको तीन सन्तान एकैपटक अधिकृत भएपछि...

    काठमाडौं । दुई छोरा र बुहारी तीनै जना एकैपटक नेपाल सरकारको शाखा अधिकृतमा सिफारिस हुन सफल भएपछि महाकुलुङ गाउँपालिका –३ सोलुखुम्बुका वडाध्यक्ष दुर्गाबहादुर कुलुङ प्रफुल्ल छन् ।

    कृषि कर्म र भारी बोकेर पढाएको सन्तानहरूले निजामती सेवामा नाम निकालेपछि उनको खुशीको सीमा छैन । आफूहरूको दु:ख र मिहिनेतलाई सन्तानले बुझिदिँदा आमाबुवाको शीर उच्च भएको दुर्गाबहादुर बताउँछन् ।

    उनले भने, ‘छोराछोरीलाई धेरै सुख-सुविधा दिन सकिनँ । तर, पढाईका लागि र काठमाडौंको बसाइमा लाग्ने खर्च हामीले कमी हुन दिएनौँ । सन्तानका लागि सबै आमाबुवाले धेरै मिहिनेत गरेकै हुन्छन् । उनीहरूको आमा मनीकुमारी कुलुङ असाध्यै मिहिनेती छिन् । खेतीपाती प्रशस्त गर्ने गर्छिन् । उनको साथले पनि छोराछोरीलाई राम्रो शिक्षा दिन सकेँ ।’

    जेठा छोरा एकराज कुलुङ (३०) बुहारी मनिषा कुलुङ राई (एकराजकी श्रीमती) र कान्छो छोरा बालकुमार कुलुङ(२६) तीनै जनाले शाखा अधिकृतमा नाम निकालेका छन् । कुलुङको जेठी छोरी पनि निजामती सेवामै छिन् । उनी हाल पाँचौ तहमा कार्यरत छिन् । एक छोरी र दुई छोरासहित बुहारी सबै जना काठमाडौंमा एकै फ्ल्याटमा बसेर पढ्ने गर्थे ।

    खर्चको व्यवस्थापनमा पनि सहज हुने र पढाइमा एक अर्कालाई सहयोग गर्ने, छलफल गर्ने वातावरण हुने भएर उनीहरू सबै जना एकै ठाउँमा बसेर पढेको दुर्गाबहादुर बताउँछन् । उनी भन्छन्, ‘कृषि कर्ममा लागियो । गोठमा वस्तु पालेर बसेँ । यतिले मात्रै हुँदैन भन्ने लागेर नाम्चे गएर ट्रेकिङ भारी बोक्ने काम गरेँ । भारी बोक्ने काम उमेर छउञ्जेल थियो । उमेर ढल्किँदै गएपछि सिकर्मी र डकर्मीको पनि काम गरेँ ।’

    ‘बुवा र आमाले गरेको मिहिनेत छोराछोरीले कदर गरे । त्यही ठूलो लागेको छ । यो सफलता उनीहरु स्वयंको मात्रै नभएर गाउँपालिकादेखि सोलुखुम्बु जिल्लाको सफलताको रुपमा हेरिएको छ,’ कुलुङ भन्छन्, ‘विकट गाउँमा जन्मिएर, सामुदायिक विद्यालय पढेर पनि अधिकृतमा नाम निकाल्न सकिने सन्देश दिएका छन् । अरू तयारी गर्दै गरेका भाइबहिनीलाई प्रेरणा दिएका छन् । छोराहरूले छेस्काम माध्यामिक विद्यालयमा पढे । प्लस टूदेखि काठमाडौंको ब्रिलियन्ट कलेजमा पढेका हुन् ।’

    तर आफ्ना सन्तानलाई राजनीति गर भनेर आफूले हौसला नदिएको उनले बताए । भने, ‘मैले सानैदेखि बच्चाहरूलाई पैसा कमाउने भए विदेश जाओ, तर सम्मान र इज्जत पनि चाहिन्छ भने निजामती सेवाको कुनै विकल्प छैन भनेर सम्झाएँ । त्यति धेरै जोखिम पनि नहुने । बुवाको गाइडलाइनलाई पछ्याए र मिहिनेत गरे अहिले म धेरै सुखी छु ।’

    loksewa-pass-1.jpg22.jpg33.jpg

    प्रकाशित मिति :मंसिर २३ २०८२ मंगलवार - ०८:५९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij