Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

यसरी भएको थियो अंशुको बलात्कार पछि घाँटी रेटेर हत्या

यसरी भएको थियो अंशुको बलात्कार पछि घाँटी रेटेर हत्या


  • 1.5K
    Shares

    यसरी भएको थियो अंशुको बलात्कार पछि घाँटी रेटेर हत्या

    असोज २१ को दिउँसो लेटाङ नगरपालिका वडा नम्बर २ फडानीकी १२ वर्षीया बालिका अंशु गौतम आफ्नी साथीसँगै खेल्दै थिइन्। दुई जना साथीहरूलाई नै अधिकारीले बोलाउँछन्। खेलिरहेका बेलामा उनलाई देखेपछि अंशुसँग खेलिरहेकी साथीले पैसा माग्छिन्।  उनले त्यो भन्दा अघि पनि बालिकाहरूलाई पैसा दिने, फकाउने गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्छ।

    अंशुको साथीलाई छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीले पाँच रुपैयाँ दिएर दिदीलाई लिएर आउन भन्छन्। माछा मार्न खोलामा गएकी दिदी भएको ठाउँतिर उनको साथी जान्छिन्। त्यसपछि अंशु एक्लै भएको मौकामा अधिकारीले उनलाई आफूसँगै घाँस काट्न साइकलमा बस भनेर साइकलमा राखेर जङ्गलतर्फ लग्ने प्रस्ताव गर्छन्।

    हजुरबुबा जस्तो मानिसले भनेको नटेर्नु पनि कसरी ? टाउको हल्लाएपछि उनले अंशुलाई पैदल नै जङ्गलको मुखसम्म आउनू भनेर आफू साइकलमा त्यता लाग्छन्। जङ्गल छेउमा पर्खिरहेका अधिकारीले अंशु आइपुगेपछि साइकलको पछाडि राखेर झन्डै ४ किलोमिटरभित्र जङ्गल भित्र पुर्‍याएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    साइकलमा भित्र लिएर जाने बित्तिकै अधिकारीले बालिकामाथि बलात्कार गरेको प्रहरी उपरीक्षक कविता कटुवालले जानकारी दिए। 

    ‘बलात्कार पछि अधिकारीले पहिला बालिकाको घाँटी थिचेको, त्यसपछि हतियार प्रयोग गरेर हँसियाले घाँटी रेटेको स्वीकार गरेको छ,’ एसपी कटुवालले भने, ‘घटना असाध्यै बीभत्स खालको छ, सुरुमा उसले घाँस काट्न भनेर लगेको भए पनि पछि उसले बलात्कार पछि हत्या गरेको देखिन्छ।’

    सुरुमा जङ्गल भित्र बालिकालाई बलात्कार गरेपछि बालिकाले भनिदिने डरले हत्या गरेको हुनसक्ने प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ। प्रहरी अनुसन्धानको क्रममा पहिलो कुरा यौन चाहना, दोस्रो कुरा रिसिईबी र तेस्रो कुरा बदलाको भावनाका कारण यो घटना भएको खुलेको छ। 

    पक्राउ परेका अधिकारीले अंशुको हत्यापछि ३ पटकसम्म हत्या गरेको ठाउँसम्म हेर्नको लागि जाने प्रयास गरेको तर बाटोबाट नै फर्किएको प्रहरी समक्ष स्वीकार गरेको अनुसन्धान अधिकारीहरूले बताएका छन्। सुरुमा छिमेकी भएका कारण सामान्य सोधपुछ गर्दा स्कुलमा भेटेको पदमबहादुरले प्रहरीसँग बताएका थिए। त्यति बेला उनकी साथीलाई ५ रुपैयाँ दिएको पनि स्वीकारेको प्रहरीले जनाएको छ। 

    अधिकारीको घरमा कहिलेकाहीँ अंशु टिभी हेर्न जाने, अंशुलाई मोबाइल चलाउने दिने काम पनि अधिकारीले गर्ने गरेको र पछि त्यही विषयमा अधिकारी र अंशुका बाबुआमाको बिच रिसिईबी समेत रहेको प्रहरीले अनुसन्धानको क्रममा पत्ता लगाएको छ।

    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - १७:३१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij