Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

गभर्नर पौडेलको घरमा आगजनी गर्नेहरू खोज्दै प्रहरी

गभर्नर पौडेलको घरमा आगजनी गर्नेहरू खोज्दै प्रहरी


  • 848
    Shares

    गभर्नर पौडेलको घरमा आगजनी गर्नेहरू खोज्दै प्रहरी

    काठमाडौं । प्रहरीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको घरमा आगजनी गर्ने समूहको खोजी थालेको छ ।

    गएको भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा ललितपुरको सैँबुस्थित गभर्नर पौडेलको घरमा आगजनी गरिएको थियो । प्रदर्शनकारीले उनको घर आगजनी तथा लुटपाट गरेका थिए ।

    सोही समूहले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको घरमा समेत आगजनी गरेको प्रहरीले जनाएको छ । प्रहरीले गभर्नर पौडेलको घरमा आगजनी गर्नेहरूको भिडियो फुटेज फेला पारेको छ । फुटेजमा देखिएका युवाको पहिचान ललितपुर प्रहरीले गरिरहेको छ ।

    भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा सरकारी तथा व्यक्तिको निजी घरमा आगजनी गर्नेहरूलाई पछिल्लो समय प्रहरीले धमाधम पक्राउ गर्दै कानुनी दायरामा ल्याइरहेको छ । अनुसन्धानमा संलग्न प्रहरीले गभर्नर पौडेलको घरमा आगजनी गर्ने केही व्यक्तिहरूको पहिचान भएको जनाएको छ ।

    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - १३:२८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij