Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

एनपीएलमा आज विश्राम, भोलि हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने

एनपीएलमा आज विश्राम, भोलि हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने


  • 1.0K
    Shares

    एनपीएलमा आज विश्राम, भोलि हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने

    काठमाडौं । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कुनै पनि खेल नरहेको आयोजक संस्थाले जनाएको छ। 

    लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो। प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ।

    त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मंगलबार अपरान्ह ४ बजे  हुने पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन्।  सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन्। 

    सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले सातमध्ये पाँच खेल जितेको थियो। सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो। विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो। 

    images
    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - ११:०५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij