Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

आजको मौसम

पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो रहनेछ आज दिनभरको मौसम

पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो रहनेछ आज दिनभरको मौसम


  • 1.1K
    Shares

    पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो रहनेछ आज दिनभरको मौसम

    काठमाडौं ।  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार अहिले सबै प्रदेशमा आंशिक बदली भएको छ । कोशी,मधेस र सुदूरपश्चिम प्रदेशका तराई भेगका एकदुई स्थानमा कुहिरो तथा बाँकी तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ ।

    आज दिउँसो देशका अधिकांश भागमा आंशिक बदली हुनेछ । 

    त्यसैगरी, आज राति कोशी, कर्णाली र सुदूरपश्चिमलगायत गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी तराई भागमा मुख्यतया मौसम सफा रहने छ । गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । 

    प्रकाशित मिति :मंसिर २१ २०८२ आइतवार - ०८:५३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij