Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

काठमाडौँका यी स्थानमा आज (शनिबार) काटिदैछ बिजुली

काठमाडौँका यी स्थानमा आज (शनिबार) काटिदैछ बिजुली


  • 1.4K
    Shares

    काठमाडौँका यी स्थानमा आज (शनिबार) काटिदैछ बिजुली

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा बिद्युत् कटौती गर्ने भएको छ।

    विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले आज बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म सो क्षेत्रमा बिजुली कटौतीका लागि आग्रह गरेको प्राधिकरणको बानेश्वर वितरण केन्द्रले जनाएको छ।

    मित्रपार्क पशुपति कलेज क्षेत्र, विमानस्थल फिडरअन्तर्गत गर्ने ढल विकास आयोजना, विमानस्थल आर्मी ब्यारेकसम्म र बत्तीसपुतली फिडरअन्तर्गत चाबहिल दीर्घायु हस्पिटलदेखि जयबागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरसम्म विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ।

    यस्तै नयाँ चाबहिल नयाँबस्ती फिडरअन्तर्गत पर्ने मित्रपार्क अगाडि विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले बिहान ७ बजेदेखि ८ बजेसम्म चाबहिलचोक र गौरीघाट चोकदेखि नयाँबस्ती पूरै क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।

    बिजुली आपूर्ति नहुँदा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।

    तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा विद्युत् आपूर्ति नियमित हुने प्राधिकरणको सूचनामा उल्लेख छ।

    प्रकाशित मिति :मंसिर २० २०८२ शनिवार - ०६:१२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij