२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको छ । चौतर्फी विरोधपछि अहिले रातको समयमा सडक पिच गर्न सुरु गरिएको छ । अहिले वडा नं. १६ की वडाध्यक्ष रोजिना श्रेष्ठ आफैँ फिल्डमा खटिएकी छन् ।
श्रेष्ठको निगरानीमा काम हुँदै छ । एक महिनाअघि काठमाडौं महानगरपालिकाले सडक खनेर अलपत्र गरेसँगै स्थानीयले बालाजु बाइपास सडक बन्द गरेका थिए ।
सडक धुलोमुक्त बनाउने भन्दै महानगरले काम सुरु गरे पनि खनेर अलपत्र छोड्दा सडक झन् धुलाम्मे हुँदा स्थानीयले सास्ती भोग्नु परेकोले सडक बन्द गरिएको स्थानीयले जानकारी गराएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij