Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

खजुरीको ‘पफ’  गुणस्तरहीन, बिक्री वितरण नगर्न विभागको निर्देशन

खजुरीको ‘पफ’  गुणस्तरहीन, बिक्री वितरण नगर्न विभागको निर्देशन


  • 848
    Shares

    खजुरीको ‘पफ’  गुणस्तरहीन, बिक्री वितरण नगर्न विभागको निर्देशन

    काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘खजुरीको नेपाल प्रालि’ द्वारा उत्पादित ‘पफ’  गुणस्तरहीन पाइएको भन्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । 

    विभागले नियमित बजार अनुगमनका क्रममा सङ्कलन गरेको उक्त पफको नमुना प्रयोगशालामा परीक्षण गर्दा, त्यसमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘औद्योगिक ट्रान्स फ्याट’को मात्रा तोकिएको अधिकतम सीमाभन्दा बढी भेटिएको हो । 

    खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार खाद्य पदार्थमा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी हुन नहुने अनिवार्य व्यवस्था छ । तर, परीक्षणका क्रममा उक्त सीमा नाघेको पाइएपछि विभागले सो उत्पादनलाई ‘न्यूनस्तरको खाद्य पदार्थ’ ठहर गरेको छ ।

    विभागका प्रवक्ता डा. बाल कुमारी शर्माका अनुसार गोदावरी–१०, ललितपुरस्थित उद्योगबाट उत्पादित ब्याच नम्बर बी १ थ्री ए र ब्याच नम्बर बी १ फाइभ ए का पफहरू बजारबाट तुरुन्त फिर्ता लैजान आदेश दिइएको छ । 

    विभागले ऐनको दफा ३८ (२) र (४) को प्रावधानमा टेकेर उक्त ब्याचका उत्पादनहरू तत्काल बजारबाट फिर्ता गर्न तथा थप बिक्री वितरण नगर्न र नगराउन सचेत गराएको छ ।

    590629224_885533757234804_7561216361728551541_n_ZkpRFQd4jd.png

    प्रकाशित मिति :मंसिर १९ २०८२ शुक्रवार - १९:३३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij