Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

सुर्खेतमा साढे दुई करोडको लागतमा मानव सेवा आश्रमको भवन बन्दै

सुर्खेतमा साढे दुई करोडको लागतमा मानव सेवा आश्रमको भवन बन्दै


  • 1.2K
    Shares

    • images
    सुर्खेतमा साढे दुई करोडको लागतमा मानव सेवा आश्रमको भवन बन्दै

    काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा साढे दुई करोडको लागतमा मानव सेवा आश्रमको भवन बन्ने भएको छ । शुक्रबार भवन निर्माणको शिलान्यास गरिएको हो । 

    कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आश्रम विकास समितिको सहभागितामा भवन निर्माणका लागि शिलान्यास गरिएको हो ।

    उक्त भवन बनाउनका लागि यो वर्ष प्रदेश सरकारले १ करोड ५० लाख रकम विनियोजन गरेको छ । मानव सेवा आश्रम चारकुने क्षेत्रको पहिचान देशभरमा जोडिने हुँदा सामुदायिक सहभागिता र सहयोगका लागि मुख्यमन्त्री कँडेलले आग्रह गरे । 

    मानव सेवा स्थल निर्माणले सामाजिक सदभाव र एकता कायम राख्ने बताए । सामाजिक विकास मन्त्री भण्डारीले कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको स्मरण गर्दै कर्णालीको भूगोल अनुरूप अन्य जिल्लामा समेत आश्रम निर्माण गरिने बताए ।

    सरकारी घोषणालाई कार्यान्वयन गर्न एउटा मात्र संस्थामा भर पर्न नहुने प्रति सचेत भएको बताए । मानव सेवा आश्रम कर्णाली विकास समिति संयोजक डा। नवराज केसीले भवन निर्माणको लागि महायज्ञ मार्फत दान सङ्कलन गरिएको स्मरण गर्दै यसको सही सदुपयोगका लागि सबैको सहकार्य र एकता आवश्यक रहेको बताए । 

    प्रकाशित मिति :मंसिर १९ २०८२ शुक्रवार - १३:०९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij