Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

बालुवाटारको सर्वपक्षीय बैठकमा यी विषयमा हुँदैछ छलफल ?

बालुवाटारको सर्वपक्षीय बैठकमा यी विषयमा हुँदैछ छलफल ?


  • 1.0K
    Shares

    बालुवाटारको सर्वपक्षीय बैठकमा यी विषयमा हुँदैछ छलफल ?

    काठमाडौं । आसन्न फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र पक्षमा छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख पाँच दलसहित निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूसँग सर्वपक्षीय छलफल गर्दैछिन् ।

    अपराह्न चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने  छलफलमा नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई बोलाइएको छ ।

    बैठकमा निर्वाचनसँग सम्बन्धित समग्र पक्षमा छलफल हुने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार छलफलमा निर्वाचन आयोगका प्रतिनिधिले आयोगले निर्वाचनबारे भएको तयारी तथा सुरक्षा प्रमुखहरूले सुरक्षा अवस्थाबारे जानकारी गराउनेछन् ।

    सरकार र निर्वाचन आयोगले तोकिएकै समयमा निर्वाचन गराउने बताइरहेका बेला प्रमुख राजनीतिक दलहरूले भने शान्ति सुरक्षाको भरपर्दो व्यवस्था हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

    प्रधानमन्त्रीसँगको छलफलमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था र सम्भावनाका बारेमा समेत छलफल हुनेछ । जेनजी युवाहरूले अन्तर जिल्ला र विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउनुपर्ने र त्यसको व्यवस्था मिलाउनुपर्ने माग गर्दै आएका छन् । तर अहिलेको अवस्थामा उक्त व्यवस्था गर्न कठिन रहेको आयोगले बताउँदै आएको छ ।

    नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र रास्वपा लगायतले फागुन २१ को निर्वाचन दायाँबायाँ गर्नु नहुने बताउँदै आएका छन् भने नेकपा एमालेले सरकारमाथि वैधानिकताको प्रश्न उठाउँदै प्रतिनिधिसभा पुनर्स्थापना गरेर मुलुकलाई संवैधानिक ट्र्याकमा फर्काउनुपर्ने बताउँदै आएको छ ।

    एमालेले वर्तमान सरकार निर्वाचन भन्ने तर नगर्ने बाटोमा रहेको भन्दै नेताहरूलाई स्थान हद तोकेर राजनीतिक गतिविधि गर्नै नदिएको भन्दै सरकारको आलोचना गरिरहेको छ । यद्यपि उसले निर्वाचन प्रयोजनका कार्यक्रममा भने सहभागिता जनाउँदै आएको छ ।

    प्रधानमन्त्रीले बोलाएको आजको छलफलमा पनि एमालेले आफ्ना कुरा र मुलुकको अवस्थाबारे प्रस्ट धारणा राख्ने नेताहरूले बताएका छन् । ‘हामीले भन्दै आएको कुरा नै आज पनि राख्छौँ । सरकारले चुनाव चुनाव भने पनि चुनावको वातावरण बनाउन सकेको छैन, दलहरूले आफ्ना गतिविधि निर्धक्क गर्न पाएका छैनन् र नेताहरूलाई स्थान हद तोकेर कस्तो चुनाव गर्न खोजेको हो रु भनेर सरकारलाई प्रश्न गर्छौ’,एमालेका उपमहासचिव विष्णु रिमाल भन्छन्, ‘यो सरकारले चुनाव गर्न सक्ने ल्याकत नै राख्छ भन्नेमा एमालेलाई विश्वास छैन ।’

    प्रकाशित मिति :मंसिर १९ २०८२ शुक्रवार - ११:२९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij