Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता


  • 1.2K
    Shares

    नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपाल आर्थिक हिसावले कमजोर रहेकाले भएका श्रोत, साधनको सही उपयोग गरेर अघि बढ्नुपर्ने बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्युनिकरण सचेतना स्वयंसेवक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले सडकमा ट्राफिक लाइट जडान गर्ने, सडकलाई अझ सुरक्षित बनाउने, प्रहरीका भौतिक संरचना बढाउने विषयमा आर्थिक अवस्था कमजोर भएकाले भनेकै समयमा सबै कुरा गर्न नसकिने स्पष्ट पारे। तर भएका श्रोत र साधनको प्रयोग गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

    ट्राफिक नियम आफ्नो जीवन र व्यवहारमा कार्यान्वयन गर्न पनि उनले आग्रह गरे ।  ट्राफिकप्रति हेर्ने दृष्टिकोण र ट्राफिकले चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्नेमा उनले जोड दिए । मन्त्री गुप्ताले सकारात्मक रुपमा अघि बढ्नसके सबै काम सफल बन्दै जाने उल्लेख गरे । 

    सरकारले सडक विस्तारलाई दीर्घकालीन यातायात व्यवस्थापनको पूर्वाधारका रूपमा अघि बढाएको बताउँदै, डिभिजन कार्यालयले सबै प्रक्रियाहरू कानुनी दायराभित्र रहेर अघि बढाइने जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १९ २०८२ शुक्रवार - ११:१३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij