२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ।
हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार उनको निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिए।
वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज बिदा दिएको जनाएको छ।
०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा थापा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। थापाको पार्थिव शरीर हिजै पशुपति आर्यघाटमा अन्त्यष्ठि गरिएको छ।
अन्त्यष्ठिअघि काङ्ग्रेस नेताहरु प्रकाशमान सिंह,गगन थापा र कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की लगायतले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij