Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

मौसम पूर्वानुमान

आज पहाडी भूभागमा आंशिक बदली रहने, अधिकांश क्षेत्रमा सफा मौसम

आज पहाडी भूभागमा आंशिक बदली रहने, अधिकांश क्षेत्रमा सफा मौसम


  • 1.5K
    Shares

    आज  पहाडी भूभागमा आंशिक बदली रहने, अधिकांश क्षेत्रमा सफा मौसम

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

    आज बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने अन्य स्थानमा मौसम मुख्यतः सफा रहेको छ।

    दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा सफा मौसम रहने पूर्वानुमान गरिएको छ।

    राति पनि कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने जबकि अधिकांश स्थानमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ।

    प्रकाशित मिति :मंसिर १९ २०८२ शुक्रवार - ०८:०४:५४ बजे
    प्रतिक्रिया

    • सम्बन्धित विषय:

    • # mausam

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij