Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

आज पनि सार्वजनिक बिदा

आज पनि सार्वजनिक बिदा


  • 1.9K
    Shares

    आज पनि सार्वजनिक बिदा

    वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । पालिकाले पहिलो पटक आयोजना गरेको सडक तथा खाना महोत्सवलाई मध्यनजर गर्दै सार्वजनिक बिदा दिएको नगरप्रमुख कृष्ण खांणले जानकारी दिए ।

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय वृद्धि हाम्रो चाहाना’ मुल नाराका साथ चलिरहेको महोत्सवले मौलिक खानालाई प्रवर्धन गर्दै बजारसम्म पुर्‍याउन सहयोगी हुने नगरपालिकाको भनाइ छ ।

    सडक खाना महोत्सवले स्थानीय खानाको संरक्षण तथा दस्ताबेजीकरण, विभिन्न जातजातिको सांस्कृतिक विविधताको प्रचारप्रसार हुने प्रमुख खांणको भनाइ छ ।   

    वालिङ–८ स्थित खेलमैदानदेखि सुर्कौदी पुलसम्मको आँधीखोला करिडोर क्षेत्रमा बुधबारबाट महोत्सवको आयोजना भइरहेको छ ।

    महोत्सवलाई भव्य र सहभागीता मूलक बनाउनका लागि स्थानीय तहका सबै सरकारी तथा गैर–सरकारी संस्थामा आज बिदा दिने निर्णय गरिएको पालिकाले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १९ २०८२ शुक्रवार - ०७:३१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij