२०८२ माघ ७ गते बुधवार
काठमाडौं । गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘शिरमा शिरबन्दी’ चर्चामा छाएको छ। गीतको टुक्राहरू यतिखेर टिकटकदेखि सामाजिक सञ्जालभरि भाइरल छन्।
सुरुमा यस गीतको लिरिकल भिडिओ आएको थियो। गीतले चर्चा बटुलेपछि चारदिनअघि गीतको भिडिओ समेत सार्वजनिक गरिएको छ। समीक्षा अधिकारी अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको भिडिओलाई १४ लाख पटक हेरिएको छ।
विशाल घिमिरेको कथा तथा निर्देशनमा बनेको भिडिओमा रोशन बिकको कोरियोग्राफी रहेको छ। बुद्ध थापाको छायांकन रहेको भिडिओमा अमृत चापागाईँको सम्पादन छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij