Logo

२०८२ मंसिर १८ गते बिहिवार

२०८२ मंसिर १८ गते बिहिवार

‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’

‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’


  • 365
    Shares

    ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’
    images

    काठमाडौं । बिहीबार प्रसिद्ध बङ्गलामुखी दर्शन गर्न दर्शनार्थीको उसै पनि भीडभाड हुन्छ । त्यसमा पनि नेवार समुदायको ठूलो चाड योमरी पुन्हीको विशेष दिन भएकाले आज बङ्गलामुखी क्षेत्रको माहोल निकै रौनक थियो ।

    योमरी चाडको अवसरमा सार्वजनिक बिदासमेत परेकाले सर्वसाधरण र तीर्थालु भक्तजनको घुइँचो हुने नै भयो । यही भीडभाडमा सङ्घीय सरकारको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल बङगलामुखी मन्दिर परिसर पुगे ।

    बङ्गलामुखी क्षेत्रको गुठीमा योमरी पुन्हीको परिकार पकाउने काममा व्यस्त स्थानीय रेणु महर्जनले एक्कासी सञ्चारमन्त्री देखेपछि दङ्ग भए ।  काम गरिरहेकै स्थानमा मन्त्री आएर कुराकानी गर्दा महर्जनको मुहारमा खुसी देखिन्थ्यो ।

    सिँढीमा घाम तापिरहेका ८७ वर्षीय बाबुलाल महर्जनले मन्त्रीलाई आफ्नै घरमा भेटेर मन्त्रीसँग भलाकुसरी गर्न पाउँदा अनौठो लागेको बताए । पहिला मन्त्रीहरु ठूलो पल्टिएर हिँड्ने गरेको अनुभव सुनाउँदै स्थानीय महेन्द्र महर्जनले यसरी मन्त्री घरघरै आएर जनतासँग भलाकुसारी गर्दा खुसी लागेको बताए ।

    मन्त्री खरेलले नागरिक सरकारसँँग केही माग मात्रै गर्न खोजिरहेका हुँदैनन् बरु उनीहरुसँग समाधानका सुझाव हुन्छन् भन्दै ती सुझाव सुन्ने साहस र समय सरकारसँग हुनुपर्ने उनको भनाइ छ ।

    सञ्चारमन्त्री खरेलले मन्दिर दर्शनपछि स्थानीय समुदायसँग साक्षात्कार गरेका हुन् । उनले वडा ११ को कार्यालयमा जनप्रतिनिधि र सर्वसाधारणसँग सरकारले गर्नुपर्ने दायित्वबारे सुझाव लिए । जेनजी आन्दोलनको जगमा बनेको वर्तमान नागरिक सरकारले नागरिककै मुद्दा, सुझाव र सरकारले गर्नुपर्ने दायित्वका बारेमा सरकार जनताको घरदैलोमा पुगिरहेको छ ।

    ललितपुर महानगरपालिका–११ का कार्यवाहक वडाध्यक्ष जुवन तण्डुकारले सङ्घीय मन्त्रीले स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग साक्षात्कार गरेर जनताको नजरमा उदाहरणीय कार्य गरेको उल्लेख गरे।

    उनले बङ्गलामुखी क्षेत्रको सडक गल्लीको तार व्यवस्थापन र सञ्चार सेवालाई प्रभावकारी बनाउन सञ्चारमन्त्रीसमक्ष माग गरे। वडा सदस्य सचिना परियारले जनताको घरदैलोमा पुगेर मन्त्रीले जनताको गुनासो सुन्ने र सुझाव ग्रहण गर्नु प्रसंशनीय कार्य भएको बताइन् ।

     

     

    प्रकाशित मिति :मंसिर १८ २०८२ बिहिवार - १६:३१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij