२०८२ मंसिर १८ गते बिहिवार
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ अभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारी कर्मचारीको तलब बढाउन माग गरेका छन् । प्रसाईंले सेना, प्रहरी र निजामती कर्मचारीको तलब बढाउन माग गरेका हुन् ।
प्रसाईंले अहिले भएकै तलबले सेना, प्रहरी र सरकारी कर्मचारीको जीविकासमेत नचल्ने भन्दै तलब वृद्धि गर्न माग गरेका छन् । प्रसाईंले सेना, प्रहरी र निजामती कर्मचारीको तलब २० हजार बढाउनुपर्ने बताएका छन् ।
प्रसाईंले भने, ‘‘सेना, प्रहरी जवान र निजामती कर्मचारीको तलब एक लाख भनेका थियौँ, कम्तिमा २० हजार बढाऔँ ।
प्रसाईंले बैंक, वित्तीय संस्था र सहकारीबाट कालोसूचीमा परेका ६ लाख ऋणीलाई कालोसूचीबाट हटाउन समेत माग गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij