Logo

२०८२ मंसिर १८ गते बिहिवार

२०८२ मंसिर १८ गते बिहिवार

रवि लामिछाने भेट्न नख्खु पुगे सुदन

रवि लामिछाने भेट्न नख्खु पुगे सुदन


  • 435
    Shares

    रवि लामिछाने भेट्न नख्खु पुगे सुदन
    images

    काठमाडौं ।  हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भेट्न नख्खु कारागार पुगेका छन् । 

    पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र रवि लामिछाने एक हुनुपर्छ भन्दै आएका गुरुङ बिहीबार लामिछानेलाई भेट्न कारागार पुगेका हुन् । 

    उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘बालेन र कुलमानको एकतापछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्दैछौँ र उहाँको धारणा पनि सुन्नेछौँ।’

    गुरुङले जेनजी आन्दोलनले पुराना शक्तिहरूलाई खारेज गरेको भन्दै नयाँ र वैकल्पिक शक्ति एक हुनुपर्नेमा जोड दिए । पछिल्लो समय गुरुङ सरकारप्रति आक्रोशित देखिएका छन् । 

    प्रकाशित मिति :मंसिर १८ २०८२ बिहिवार - १५:२४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij