Logo

२०८२ मंसिर १८ गते बिहिवार

२०८२ मंसिर १८ गते बिहिवार

योमरी पुन्हीलाई संस्कारका रुपमा अघि बढाउनुपर्छः उपप्रमुख डंगोल

योमरी पुन्हीलाई संस्कारका रुपमा अघि बढाउनुपर्छः उपप्रमुख डंगोल


  • 316
    Shares

    योमरी पुन्हीलाई संस्कारका रुपमा अघि बढाउनुपर्छः उपप्रमुख डंगोल
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले योमरी पुन्हीलाई संस्कारका रुपमा मनाउनुपर्ने बताइन् । २२ औं राष्ट्रिय ज्यापु दिवस तथा योमरी पुन्हीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकि हुन् । 

    उनले ज्यापु दिवसले मेहनत, माटो र पहिचान दर्शाउने उल्लेख गरिन् । उपमेयर डंगोलले यामरी पुन्ही एउटा पर्व मात्र नभइ संस्कार भएको जिकिर  गरिन् । उनले आजको दिनलाई विभिन्न जात्रा, पर्व, परम्परा मात्रै नभइ अस्तित्वको रुपमा लिनुपर्ने उल्लेख गरिन् । आजको दिन काठमाडौं उपत्यकाका नेवार समुदायले नयाँ धान घरमा भित्र्याउने र नयाँ धानबाट बनाइएको योमरी देवी अन्नपूर्णलाई अर्पण गर्ने परम्परा रहेको छ ।
     
    उनले भनिन्, ‘आजको ज्यापु दिवसले ज्यापुहरुको मेहनत, माटो र अझ हाम्रो पहिचान दर्शाइरहेको छ । त्यसकारण पनि आजको दिन महत्वपूर्ण छ । यो हामीले पर्व मात्र होइन, संस्कारको रुपमा लिनुपर्दछ । आजको दिनलाई हाम्रा विभिन्न जात्रा, पर्वलाई परम्परा मात्रै होइन, अस्तित्वको दिनका रुपमा लिनुपर्छ । नयाँ धान उब्जनी गरिसकेपछि नयाँ धान घरमा भित्र्याउँछौँ आज । नयाँ धानबाट योमरी बनाएर अन्नपूर्णलाई अर्पण गर्दछौँ ।’

    उपप्रमुख डंगोलले नेपालीको नाम विश्वव्यापी रुपमा गर्व गर्न लायक बनाउनुपर्ने बताइन् ।

    प्रकाशित मिति :मंसिर १८ २०८२ बिहिवार - १५:०७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij