Logo

२०८२ मंसिर १८ गते बिहिवार

२०८२ मंसिर १८ गते बिहिवार

तयारी छोटो भएपनि उपाधि जित्छौंः एपिएफ

तयारी छोटो भएपनि उपाधि जित्छौंः एपिएफ


  • 463
    Shares

    तयारी छोटो भएपनि उपाधि जित्छौंः एपिएफ
    images

    काठमाडौं । एपिएफकी कप्तान अनिता बस्नतेले पहिलोपल्ट हुन लागेको साफ महिला क्लव च्याम्पियनसिपको उपाधि जित्ने विश्वास व्यक्त गरेकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवारदेखि आगामी पुस ५ गतेसम्म क्लव च्याम्पियनसिप हुनेछन् ।

    प्रतियोगिताअगाडि बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पत्रकार सम्मेलनमा एपिएफका कप्तान अनिताले तयारी पूरो भएको र उपाधि जित्ने विश्वास व्यक्त गरेकी हुन् । कप्तान तथा प्रशिक्षकहरूको पत्रकार सम्मेलनमा अनिताले उत्साहका साथ आफूहरु पहिलो साफ वुमेन्स क्लब च्याम्पियनससिप खेल्न उत्साहित रहेको बताए । टिम ट्रेनिङ राम्रोसँग गर्न नपाए पनि राम्रो नतिजा ल्याउने विश्वास उनको छ । 

    दक्षिण एशियाली फुटबलको स्तरवृद्धि गर्ने उद्देश्यले शुरु गरिएको पहिलो संस्करणमा नेपालको च्याम्पियन एपिएफ क्लव, भारतको इस्ट बंगाल एफसी, बंगलादेशको नासरिन स्पोट्रस एकेडेमी, भूटानको ट्रान्सपोर्ट युनाइटेड र पाकिस्तानको कराची सिटी एफसी गरी कुल पाँच टोलीले चुनौती प्रश्तुत गर्दैछन् । यो च्याम्पियनसिपले दक्षिण एशियाली फुटबलमा नयाँ अध्याय थपिँदैछ । अनिताले यो प्रतियोगितालाई लिएर उत्साहित भएको पनि बताइन् ।

    “नेपालमै पहिलोपटक साफ क्लब च्याम्पियनसिप हुँदैछ, हामी एकदमै उत्साहित छौं । राष्ट्रिय टोलीका खेलका कारण क्लबबाट राम्रोसँग ट्रेनिङ गर्न पाएनौं । तर हामी पूर्ण रूपमा तयार छौं । सबै एकजुट भएर खेले हामी राम्रो नतिजा मात्र होइन, उपाधि नै जित्न सक्छौं,’उनले भनिन् । 

    एपिएफका मुख्य प्रशिक्षक जीवेश पाण्डेले पनि राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । प्रशिक्षक पाण्डेले टिम ट्रेनिङ राम्रोसँग गर्न नपाए पनि आफ्नो टोलीले सुखद् नतिजा ल्याउने विश्वास व्यक्त गरे । टिममा उपलब्ध खेलाडीहरूको सही सदुपयोग गर्ने उनको भनाई छ । 

    प्रकाशित मिति :मंसिर १८ २०८२ बिहिवार - १४:११:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij