Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

सेनाको अस्पताललाई रु ३० लाख सहयोग

सेनाको अस्पताललाई रु ३० लाख सहयोग


  • 5.5K
    Shares

    सेनाको अस्पताललाई रु ३० लाख सहयोग
    images

    कैलाली । कैलालीको धनगढीमा रहेको नेपाली सेनाको अस्पताललाई कोरोना सङ्क्रमितको उपचारका लागि रु ३० लाख सहयोग प्रदान गगरिएको छ । दिनहुँ कोरोना सङ्क्रमितका बिरामी बढ्दै जान थोपछि कोरोना सङ्क्रमितको उपचार सेवा सञ्चालनका लागि  सुदूरपश्चिम प्रदेश सरकारले सो अस्पताललाई सो रकम प्रदान गरेको हो । 

    प्रदेश सरकारले सेनाको अस्पतालबाट कोरोना सङ्क्रमितको उपचार गरिदिन आग्रह गरेको थियो । कोरोना सङ्क्रमितको उपचार सेवा सञ्चालन गर्न प्रदेश सरकारले कोरोना कोषबाट रु ३० लाख सो अस्पताललाई प्रदान गरिएको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले बताउनुभयो । 

    प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि नेपाली सेनाको सुदूरपश्चिम पृतनाले कोरोनाका बिरामीलाई सेवा दिने गरी अस्पताल सञ्चालन गर्न तयारी बढाएको जनाइएको छ । कैलालीको धनगढीमा नेपाली सेनाका परिवारलाई मात्रै सेवा दिने गरी निर्माण थालिएको सो अस्पतालमा कोरोना सङ्क्रमितका बिरामीको उपचार गर्ने गरी तयारी अगाडि बढाइएको सुदूरपश्चिम पृतनाले जनाएको छ । 

     अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर काम अघि बढेको जनाइएको छ । नेपाली सेनाका सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाका अनुसार अस्पताल सञ्चालनका लागि काम तीब्रगतिमा अघि बढाइएको छ । सो अस्पताल सेनाको कल्याणकारी कोष र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको छ । रासस

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - १३:१४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij