२०८२ मंसिर १८ गते बिहिवार
काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले ११ औँ महाधिवेशनमा उपमहासचिव पदमा दाबी पेस गर्ने भएका छन् । हाल स्थायी कमिटी सदस्य रहेका तामाङले अध्यक्षमा केपी शर्मा ओलीलाई साथ दिँदै उपमहासचिवमा दाबी गर्ने बताएका हुन् ।
तामाङले बिहीबार निकटस्थहरूलाई एसएमएस पठाउँदै भनेका छन्, ‘हजुरको सहयोग तथा सुझावको हार्दिक अपेक्षा गर्दछु । हाम्रो सोलिडारिटी सधैँ रहनेछ ।’
मङ्सिर २७ देखि हुने एमाले महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र नेता ईश्वर पोखरेलले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij