२०८२ मंसिर १८ गते बिहिवार
काठमाडौं । मोटरसाइकल दुर्घटनामा विराटनगरमा एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।
बरगाछी चोकमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा मोरङ बेलबारी नगरपालिका–८ घर भई कोसी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हवल्दार भीम खड्काको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, बुधबार राति १२ः२५ बजे विराटनगर महानगरपालिका–३ बरगाछी चोकनजिक कोसी राजमार्गमा दुर्घटना भएको थियो ।
कञ्चनबारीतर्फ जाँदै गरेको बा.प्र. ०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते खड्कालाई उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम पुर्याएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij