Logo

२०८२ मंसिर १८ गते बिहिवार

२०८२ मंसिर १८ गते बिहिवार

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड


  • 463
    Shares

    चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड
    images

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि तथा धान्यपूर्णिमा पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । 

    आज एक शुभकामना सन्देश जारी गर्दै उनले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धको प्रतीकका रूपमा मनाइने यी चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाउनुका साथै सम्पूर्ण नेपालीहरूलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्दै आएका बताए ।

    “सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट मात्र समावेशी तथा सहभागितामूलक राष्ट्र निर्माण सम्भव छ । नेपाली समाजको दीर्घ विकास यात्रामा यिनै सांस्कृतिक विविधताले सामूहिक चेतना र अन्तरसम्बन्ध निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्,” सन्देशमा उनले भनेका छन् । 

    प्रकाशित मिति :मंसिर १८ २०८२ बिहिवार - १२:०४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij