२०८२ मंसिर १८ गते बिहिवार
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वकै प्रतिष्ठित बैंक अफ द ईयर २०२५ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ ।
संयुक्त अधिराज्य अवस्थित द फाइनान्सियल टाईम्सले डिसेम्वर ३, मा आयोजना गरेको एक कार्यक्रमका बीच सिटिजन्स बैंकलाई बैंक अफ द ईयर २०२५ को अवार्ड प्रदान गरेको छ ।
अघि बैंक अफ द ईयर २०२४ को अवार्ड समेत बैंकले प्राप्त गरिसकेर लगातार दुई पटक विश्वकै प्रतिष्ठित अवार्ड प्राप्त गर्न सफल भएको छ । समारोहमा करिव १२५ भन्दा बढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतका अधिकारीहरु गरि करिव ४०० जना भन्दा बढीको बाक्लो उपस्थिति रहेको थियो ।
बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेले बैकिङ्ग क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वकै प्रतिष्ठित बैंक अफ द ईयर २०२५को अवाड बैंकले प्राप्त गरी लगातार दुई वर्ष विश्वकै प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाँउदा अत्यन्त गौरबान्वित महसुश गरेको र यसबाट आगामी दिनमा अझ जिम्मेवार बनेर उत्कृष्ट ग्राहक मैत्रि आधुनिक बैंकिंङ्ग सेवा सुविधा ग्राहकहरुमाझ ल्याउनको लागि हौंसला मिलेको बताए।
नेपालमा सन् २००२ देखि लगातार बैंकहरूले यस अवार्ड प्राप्त गरिरहेका छन् । हाल अस्तित्वमा रहेका ९ वटा बैंकले मात्र यो अवार्ड प्राप्त गरेका छन् ।
यस अवार्डबाट सम्मानित हुने बैंकहरुको बार्षिक सूची द फाइनान्सियल टाईम्सको म्यागजिन द बैंकर मार्फत प्रकाशित हुने गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
यस्तै फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij