Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

सौराहा घुम्न आएकी एक विद्यार्थीको होटलको चौथो तलाबाट खसेर मृत्यु

सौराहा घुम्न आएकी एक विद्यार्थीको होटलको चौथो तलाबाट खसेर मृत्यु


  • 1.2K
    Shares

    • images
    सौराहा घुम्न आएकी एक विद्यार्थीको होटलको चौथो तलाबाट खसेर मृत्यु

    काठमाडौं । पर्यटकीय नगरी चितवनको सौराहामा घुम्न आएकी एक किशोरीको होटलको चौथो तलाको झ्यालबाट खसेर मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिन छिन् । सिद्धबाबा प्लस टु म्यानेजमेन्ट गुरुकुलमा अध्ययनरत ती किशोरी विद्यालयको शैक्षिक भ्रमणमा आएकी थिइन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार उनी पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. ६ सौराहास्थित पार्क साइड होटलको चौथो तलाको झ्यालबाट गएराति ११ बजेतिर खसेकी थिइन् । उनलाई उपचारका लागि रत्ननगर बकुहलर अस्पताल लगिएकोमा चिकित्सकले ११:४५ बजे मृत घोषणा गरेका थिए ।

    शवलाई पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १८ २०८२ बिहिवार - १०:४९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij