Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने

कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने


  • 1.1K
    Shares

    कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने

    काठमाडौं । काठमाडौं उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो दूरीको कान्ति राजमार्ग (कान्ति लोकपथ) मा सवारी आवागमनमा रोक लगाइएको छ। 

    जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सूचना जारी गर्दै सडक स्तरोन्नतिको कामका लागि ६० दिनसम्म दिउँसोको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

    प्रशासनले जारी गरेको सूचना अनुसार,  २०८२ मङ्सिर २० गतेदेखि लागू हुने गरी ६० दिनसम्म बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ । कान्ति राजमार्ग सडक योजना, एकान्तकुनाको पत्रानुसार उक्त सडक खण्डका विभिन्न स्थानहरूमा सडक फराकिलो बनाउने  र कटिङको काम भइरहेको छ । 

    निर्माण कार्यलाई प्रभावकारी रूपमा सम्पन्न गर्नका लागि सवारी आवागमन रोक लगाएको जिल्ला प्रशासन ललितपुरलेले जनाएको छ। साथै मङ्सिर २० गतेदेखि कान्ति राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूले तोकिएको समय बिहान ११ देखि ५ बजे बाहेकको समयमा मात्र यात्रा गर्न वा अन्य वैकल्पिक सडक प्रयोग गर्न सुझाव दिएको छ ।

    image_MrZukaiewy.png

     

    प्रकाशित मिति :मंसिर १८ २०८२ बिहिवार - १०:४७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij