Logo

२०८२ मंसिर १८ गते बिहिवार

२०८२ मंसिर १८ गते बिहिवार

धोबीखोलामा साइकलसहित मृत फेला परेका पुरुषको सनाखत

धोबीखोलामा साइकलसहित मृत फेला परेका पुरुषको सनाखत


  • 568
    Shares

    धोबीखोलामा साइकलसहित मृत फेला परेका पुरुषको सनाखत
    images

    काठमाडौं । काठमाडौंको रुद्रमति पुलनजिक धोबीखोलामा साइकलसहित एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बिहीबार बिहान करिब ६:५० बजेको समयमा काठमाडौं महानगरपालिका-२९ मा शव फेला परेको हो।

    मृतकको पहिचान काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१ घर भई हाल शंखमुल बस्ने करिब ५० वर्षीय ललित गिरीका रूपमा भएको छ। मृतककी श्रीमतीले गिरीको सनाखत गरेको प्रहरीले जानकारी दिएको छ।

    घटनास्थलमा प्रहरी टोली खटिएको र लास जाँच मुचुल्काको कार्य भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानको कार्य अगाडि बढाइएको छ। मृत्युको कारणबारे विस्तृत विवरण आउन बाँकी छ।

    प्रकाशित मिति :मंसिर १८ २०८२ बिहिवार - १०:४२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij