Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

प्रलोपाले बुझायो प्रधानमन्त्री कार्कीलाई ४ बुँदे मागपत्र (पूर्णपाठसहित)

प्रलोपाले बुझायो प्रधानमन्त्री कार्कीलाई ४ बुँदे मागपत्र (पूर्णपाठसहित)


  • 435
    Shares

    प्रलोपाले बुझायो प्रधानमन्त्री कार्कीलाई ४ बुँदे मागपत्र (पूर्णपाठसहित)
    images

    काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ४ बुँदे मागपत्र बुझाएको छ ।

    पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको टोलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी बुधबार जेनजी जनआन्दोलनको सम्बोधन, आर्थिक तथा सामाजिक न्याय, सुशासन र आसन्न निर्वाचन सुधारसँग सम्बन्धित मागहरू समेटिएको पत्र पेस गरेको हो ।

    प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा मुख्यगरी हालै उठेको ‘जेनजी जनआन्दोलन’ को म्यान्डेटलाई स्वीकार गर्दै आन्दोलनकारी शक्तिहरूसँगको सम्झौतापत्रमा तत्काल हस्ताक्षर गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । 

    पार्टीले गत भाद्र २३ र २४ गते आन्दोलनका क्रममा राज्य पक्षबाट भएको दमनको सत्यतथ्य छानबिन गर्न बनेको न्यायिक आयोगको प्रतिवेदन कार्यान्वयन गर्न, दोषीलाई कारबाही गर्न तथा सहिद र घाइते परिवारको उचित व्यवस्थापन गर्न जोडदार माग गरेको छ। 

    सहकारी पीडितहरूको पाँच लाखसम्मको बचत रकम तत्काल सरकारले क्षतिपूर्तिस्वरूप उपलब्ध गराउनुपर्ने, मिटरब्याजी र लघुवित्तको ठगी रोक्नुपर्ने तथा आर्थिक मन्दीका कारण समस्यामा परेका साना उद्यमीहरूलाई कालो सूचीबाट हटाई ऋणको पुनर्संरचना गर्नुपर्ने विषय पत्रमा समेटिएको छ। 

    p1.jpg

    p2.jpg

    प्रकाशित मिति :मंसिर १७ २०८२ बुधवार - १६:२३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij