२०८२ मंसिर १७ गते बुधवार
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने कुरामा पार्टीभित्र विमति हुनुपर्ने कुनै कारण नरहेको बताएका छन् । पार्टीको आसन्न ११ औं महाधिवेशनमा अध्यक्ष ओलीविरुद्ध वरिष्ठ नेता ईश्वर पोखरेलले उम्मेदवारी घोषणा गरेका बेला उनले ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने कुरालाई मान्न नहुने कुनै कारण नरहेको प्रतिक्रिया दिएका हुन् ।
अध्यक्ष ओलीको नेतृत्वको वरिपरी गोलबन्द भएर पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ भन्ने कुरालाई नमान्नुपर्ने कुनै कारण आफूले नदेखेको उनको जिकिर गरेका छन् । उपाध्यक्ष पौडेलले पाँचौँ राष्ट्रिय महाधिवेशनमा मदन भण्डारी विरुद्ध दिइएको उम्मेदवारी अन्तिम समयमा आएर फिर्ता भएको जस्तै आसन्न महाधिवेशनमा पनि सोही बाटोबाट एमालेले नेतृत्व चयन गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।
उनले भने, मलाई के लाग्दैन भने अहिले चाँही अनेक प्रकारको हण्डर, ठक्कर आरोहअवरोहको सामना गर्दै पार्टीलाई, आन्दोलनलाई, मुलुकलाई नेतृत्व गर्दै आउनु भएका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको वरिपरी गोलबन्द भएर पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ भनेर भन्दाखेरी नमान्नुपर्ने पनि म कुनै त्यस्तो देख्दिन । यो सम्भव छैन भन्ने पनि मलाई लाग्दैन । अब धु्रवको समाचार लेख्ने दिन चाहीँ २९ गतेसम्म हो कि । तर प्रतिष्पर्धा गर्ने हो भने पनि वैधानिक व्यवस्था छ, हुन्छ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij