२०८२ मंसिर १७ गते बुधवार
काठमाडौं । साताको चौथो कारेबारको दिन बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १३.५२ अंकले घटेर २,६३१ को विन्दुमा कायम भएको छ ।
आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३२ कम्पनीको १ करोड ८ लाख ७३ हजार ३७२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २३ करोडको शेयर कारोबार भएको छ ।
जीवन बीमा सबैभन्दा धेरै १.१८ प्रतिशत घटेको छ । बैंकिङ ०.७५, विकास बैंक ०.५७, हाइड्रोपावर ०.५०, लगानी ०.५१, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.७४, अन्य ०.५१ तथा व्यापार ०.३२ प्रतिशत घटेको छ ।
पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, मिथिला लघुवित्त, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेक छन् ।
आज सबैभन्दा धेरै बन्दीपुर केबलकारको १८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको १४ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij