Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

टोखा नगरपालिकामा विकास निर्माणले गति लिँदै

टोखा नगरपालिकामा विकास निर्माणले गति लिँदै


  • 274
    Shares

    टोखा नगरपालिकामा विकास निर्माणले गति लिँदै
    images

    काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले आफ्नो १२औँ स्थापना दिवस आयोजना गरी यसबीचमा भएका विकास निर्माण र सामाजिक काम उत्साहजनक रहेको जनाएको छ ।

    नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आफ्नो पहिलोदेखि दोस्रो कार्यकालसम्ममा विकास निर्माण, स्वास्थ्य, शिक्षा आदि क्षेत्रमा थालिएका पहलले सकारात्मक परिणाम हासिल गरेको बताए । 

    पहिलो पटक २०७४ सालमा आफू निर्वाचित हुनुअघि टोखाका हरेक सडक हिलाम्मे हुने गरेको उल्लेख गर्दै उनले हाल वडा नम्बर १ देखि ११ सम्म सडक स्तरोन्नति गरिएको बताए । नगरप्रमुख अधिकारीले नगरपालिकाले सामुदायिक विद्यालयको अवस्था सुधार गरी विद्यार्थी र अभिभावकको आकर्षण बढाइएको बताए । 

    कक्षा १० सम्मका विद्यार्थीका लागि नै दिवा खाजा खुवाउने गरिएको उनले बताए । प्रमुख अधिकारीका अनुसार स्वमूल्यायाङ्कनमा काठमाडौँ जिल्लाका पालिकामध्ये टोखा दोस्रो स्थानमा पर्न सफल भएको छ ।

    सडक बत्तीको समस्या समाधान गर्दै अब घरघरमा डिजिटल बोर्ड जडान गरिने उनले बताए । पालिकाले ५० वर्ष उमेरमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गराउने र जटिल रोगीलाई सहयोग गर्ने गरेको छ । शिशु  जन्मिनासाथ पाँच हजार रुपैयाँ रकम दिने नीति अवलम्बन गरिएको प्रमुख अधिकारीले बताए । 

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले विगतको तुलनामा धेरै सकारात्मक परिवर्तन भएको उल्लेख गर्दै समुन्नत टोखा नगरको अवधारणाअनुसार काम भइरहेको जानकारी दिए । 

    प्रकाशित मिति :मंसिर १७ २०८२ बुधवार - १२:४३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij