२०८२ मंसिर १७ गते बुधवार
काठमाडौं । भोलि अर्थात् मंसिर १८ गते बिहीबार देशभर सार्वजनिक विदा हुने भएको छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमह्री पूर्णिमा पर्व र उधौली पर्व भोलि मनाइँदैछ । यसै अवसरमा सरकारी कार्यालय, बैंक, बीमा कम्पनी तथा शेयर बजार पनि बन्द रहेछन् ।
यःमरि पुन्हि हेमन्त ऋतु बखत नेपाल सम्बतको दोस्रो महिना थिंलाको पूर्णिमा पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो ।
किरात समुदायले उधौली पर्व पनि मनाउ छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij