२०८२ मंसिर १७ गते बुधवार
काठमाडौं । होटल सब्रिनाले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। होटलले आज नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ अनुमति मागेको हो।
धितोपत्र बोर्डले अनुमति दिएमा होटल सब्रिनाले ४७ करोड ४ लाख रुपैयाँबराबरको आइपीओ ल्याउने भएको छ। जसअनुसार होटलले १०० रुपैयाँ अंकित दरका कुल ४७ लाख ४ हजार कित्ता आइपीओ जारी गर्नेछ।
बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij