२०८२ मंसिर १७ गते बुधवार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिहरुमाथिको विभेद अन्त्य नभएको बताएका छन् । अपाङ्गता भएका व्यत्तिहरुको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा उनले गणतन्त्रमा पनि अपाङ्गता भएका व्यत्तिहरुमाथिको विभेद अन्त्य हुन नसकेको बताएका हुन्।
उनले देशमा जनसंख्याको साढे दुई प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेको बताएका छन् । तीमध्ये गम्भिर रुपमा अपाङ्गतामा भएका व्यक्तिहरु डेढ लाख जति भएको उनको भनाई छ । गम्भिर अपाङ्गता भएका व्यक्तिहरुको अवस्था नाजुक रहेको उल्लेख गर्दै उनले उनीहरुलाई राज्यले सहयोग गर्न नसकेको बताउका छन्।
देशमा संघियता आएपनि अपाङ्गता भएका व्यक्तिहरुले संघियताको महशुस गर्न नपाएको उनको भनाई छ । मन्त्री खरेलले सञ्चार मन्त्रालयले अपाङ्गमैत्री डिजिटल प्लेटफर्म तयार गर्न लागेको जानकारी दिएका छन् ।
उनले भन्नुने, ‘गणतन्त्र नेपालको नागरिक र आज नेपाल सरकारको प्रवक्ता भईराख्दा सञ्चार तथा सूचना प्रविधि मन्त्री भईराख्दाखेरि म निर्भिक रुपमा निर्भयताका साथ एउटा कुरा चाँही स्वीकार गर्छु यहाँहरुको सामुमा, त्यो के हो भने जतिसुकै विभेदको अन्त्य ग¥यौँ भनेपनि यहाँहरुमाथीको विभेद अन्त्य भएको छैन ।’
मन्त्री खरेलले वर्तमान सरकारको मुख्य जिम्मेवारी सुशासन कायम गर्ने र तोकिएको समयमा निर्वाचन गराउने रहेको उल्लेख गरेका छन् । सोहीअनुसार सरकारले आफ्नो काम अगाडी बढाईरहको उनले जानकारी दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij