Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार गरेको कसुरमा नेपालका ढकाललाई २५ वर्ष जेल सजाय

बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार गरेको कसुरमा नेपालका ढकाललाई २५ वर्ष जेल सजाय


  • 393
    Shares

    बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार गरेको कसुरमा नेपालका ढकाललाई २५ वर्ष जेल सजाय
    images

    काठमाडौं ।  बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार तथा यौन शोषण गरेको अभियोगमा २५ वर्ष जेल सजाय सुनाइएको छ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बेलायतको पिटरबरो क्षेत्रमा बसोबास गर्ने ४९ वर्षका प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन अदालतले यौन अपराधमा २५ वर्ष जेल सजायको फैसला गरेको हो।

    उनले १९ वर्षभन्दा लामो समयसम्म ७ बालिका र एक महिलालाई पटकपटक बलात्कार तथा यौन शोषण गरेको अदालतको ठहर छ। उनको नेपाल घर काठमाडौँ नै रहेको समाचारमा उल्लेख छ। सन् २०२३ नोभेम्बरमा एक पीडितले आफ्नो परिवारसँग गोप्य कुरा खोलेपछि ढकाल पक्राउ परेका थिए। त्यसपछि थप सात जनापीडित खुलेका थिए।

    पीडितमध्ये एक जनाबाहेक सबै यौन दुराचार गरिँदा बालिका थिएस त्यसमा सबैभन्दा सानीको उमेर जम्मा ८ वर्ष थियो। सात जना पीडित क्याम्ब्रिजसायरका र एक जना लन्डनकी थिइन्। धेरै जना पीडितले विश्वास नगर्ने डरले लामो समयसम्म मुख खोलेका थिएनन्। ढकाल केही वर्षदेखि पिटरबरो क्षेत्रमा रेस्टुरेन्ट सञ्चालन गरिरहेका थिए।

    प्रकाशित मिति :मंसिर १७ २०८२ बुधवार - ११:११:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij