२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । अपाङ्गता समावेशी समाजको प्रतिबद्धता सामाजिक उन्नतिको संवर्द्धनुको नारा सहित अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवस आज देश विदेशमा मनाइएको छ ।
यस अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ। नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा आयोजित प्रभातफेरीमा विभिन्न संघ–संस्था, अपाङ्गता क्षेत्रका प्रतिनिधि, सरोकारवाला निकाय तथा समुदायको उत्साहजनक सहभागिता रहेको छ।
प्रभातफेरी खुल्लामञ्च बाट सुरु गरी भृकुटीमण्डपमा सभामा परिणत भएको छ। 

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij