Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कोरोना संक्रमणबाट विराटनगरमा थप सात जनाको मृत्यु

कोरोना संक्रमणबाट विराटनगरमा थप सात जनाको मृत्यु


  • 5.2K
    Shares

    कोरोना संक्रमणबाट विराटनगरमा थप सात जनाको मृत्यु
    images

    मोरङ । कोरोना संक्रमणबाट विराटनगरका विभिन्न अस्पतालमा थप सात जनाको मृत्यु भएको छ । कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा तीन, नोबेल अस्पतालमा तीन र विराट मेडिकल शिक्षण अस्पताल बूढीगंगामा एक संक्रमितको मृत्यु भएको हो ।

    विराटनगर–११ का ३८ वर्षीय पुरुष, विराटनगर–६ का ५६ वर्षीय पुरुष र इटहरी–५ का ७९ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार मृत्यु भएको उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए ।

    यस्तै, महोत्तरीको पिपरा गाउँपालिका–१ का ७७ वर्षीय पुरुष, सुनसरीको धरान–१ का ३८ वर्षीय पुरुष र धनकुटाको छथर–जोरपाटी गाउँपालिका–४ का ५६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

    विराटनगर महानगरका ४९ वर्षीय पुरुषको पनि कोरोनाले मृत्यु भएको विराट मेडिकलको कोभिड अस्पतालका इन्चार्ज डा. सुनील देवले जानकारी दिए ।

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - ११:४५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij