Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

चितवनलाई हराउँदै जनकपुरको पहिलो जित

चितवनलाई हराउँदै जनकपुरको पहिलो जित


  • 820
    Shares

    चितवनलाई हराउँदै जनकपुरको पहिलो जित

    काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पाचौँ खेलमा आएर पहिलो जित दर्ता गरेको छ। 

    मंगलबार चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले जारी सिजन पहिलो जितको स्वाद लिन पाएको हो। यो जितसँगै जनकपुरले अंक तालिकामा खाता खोलेको छ। 

    जनकपुरले अब लिग चरणमा लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्न बाँकी छ। जनकपुरलाई अब प्ले अफ खेल्ने सम्भावनालाई कायम राख्न यी दुई टोलीलाई पराजित गर्नुपर्ने हुन्छ भने अन्य टोलीको नतिजामा समेत भर पर्नेछ। 

    एनपीएलको पहिलो खेलमा जनकपुर काठमाडौँ गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो। दोस्रो खेलमा विराटनगर किंग्ससँग नौ रनले तथा तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले पराजित भएको थियो। लिग चरणको चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग जनकपुरले ६ विकेटको हार व्यहोरेको थियो।

    यता जनकपुरसँगको हारले चितवनलको प्लेअफ यात्रा केही कठिन भएको छ। जारी सिजन मिश्रित प्रदर्शन गरिरहेको चितवनले अब बलियो टोली सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ। चितवनलाई प्ले अफ खेल्ने सम्भावना कायम राख्न दुवै खेल जित्नुपर्नेछ। 

    चितवनले लिग चरणमा तीन खेलमा हार र दुई खेलमा जित निकाल्दै अंक तालिकामा चार अंक जोडेको छ। चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराउँदा लुम्बिनी लायन्ससँग ६ विकेटको हार व्यहोरेको थियो। तेस्रो खेलमा विराटनगरलाई ४८ रनले हराएको चितवनले काठमाडौँसँग भने ५३ रनले पराजित भएको थियो। 

    प्रकाशित मिति :मंसिर १६ २०८२ मंगलवार - १५:०४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij