Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

सुनौलीबाट दिल्ली जाँदै गरेको बसमा भीषण आगलागी, अधिकांश यात्रु ‘नेपाली’

सुनौलीबाट दिल्ली जाँदै गरेको बसमा भीषण आगलागी, अधिकांश यात्रु ‘नेपाली’


  • 1.1K
    Shares

    सुनौलीबाट दिल्ली जाँदै गरेको बसमा भीषण आगलागी, अधिकांश यात्रु ‘नेपाली’

    काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बसमा भीषण आगलागी भएको छ । आगलागीमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ । 

    ट्रकले बसलाई ठक्कर दिँदा आगलागी भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । बस घिस्रिँदै १०० मिटर पर पुगेर हाइटेन्सन लाइनको खम्बामा ठोक्किएपछि खम्बा बसमाथि खसेको थियो ।

    यूपी२२एटी ०२४५ नम्बरको बस भारत–नेपाल सीमा सुनौलीबाट दिल्लीतर्फ जाँदै थियो । कुल ४५ यात्रु सवार बसमा धेरैजसो नेपाली थिए । घटनापछि बसचालक र सहचालकबारे कुनै जानकारी प्राप्त नभएको बताइएको छ ।

    आगलागीपछि बसभित्र फसेका यात्रु ज्यान बचाउन सिसा फुटाएर हामफालेका थिए । बाहिर निस्किएका यात्रुले प्रहरीलाई खबर गरेपछि फायर ब्रिगेडको टोली पुगेको थियो । उनीहरूले फसेका यात्रुलाई उद्धार गर्न र आगो निभाउन सुरु गरे ।

    घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत बहराइच मेडिकल कलेज रेफर गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार अधिकांश यात्रु बसबाहिर थिए ।


    प्रकाशित मिति :मंसिर १६ २०८२ मंगलवार - ११:५४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij