Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

भाद्र २३ गतेलाई जेन-जी शहीद दिवसको रुपमा मनाउने सरकारको निर्णय

भाद्र २३ गतेलाई जेन-जी शहीद दिवसको रुपमा मनाउने सरकारको निर्णय


  • 673
    Shares

    भाद्र २३ गतेलाई जेन-जी शहीद दिवसको रुपमा मनाउने सरकारको निर्णय
    images

    काठमाडौं । सरकारले प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेन-जी शहीद दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

    सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेन-जी आन्दोलनका मृत्युवरण गरेका शहीदहरूको सम्झनामा प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेन-जी शहीद दिवसको रुपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

    बैठकले जेन-जी आन्दोलनका क्रममा शहीद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरी-अविवाहित छोरालाई गृहमन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

    त्यस्तै बैठकले आगामी माघ १ गतेदेखि एकपटकमा पाँच लाख रुपैयाँ वा सो भन्दा माथिको सेवा , बस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तिय संस्था वा बैंकिङ उपकरणबाट गर्नुपर्ने गरि नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरेको छ ।

    त्यस्तै बैठकले श्रीलंकामा हालैको बाढी पहिरोले धनजनको ठूलो क्षति भएको सन्दर्भमा नेपाल सरकारको तर्फबाट श्रीलंका सरकारलाई सहायता स्वरुप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय भएको छ भने विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञान बहादुर थापालाई नियुक्त गर्ने निर्णय भएको उनले बताए ।

    बैठकले प्रेस काउन्सील नेपालको अध्यक्षमा डा कुमा शर्मा आचार्यलाई मनोनित गर्ने, कार्वन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने र बैंकुण्ठ प्रसाद अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए ।

    प्रकाशित मिति :मंसिर १५ २०८२ सोमवार - २२:०८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij