Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

राष्ट्रिय सभा अध्यक्ष र कार्यवाहक प्रमुख निर्वाचन आयुक्तबीच भेटवार्ता

राष्ट्रिय सभा अध्यक्ष र कार्यवाहक प्रमुख निर्वाचन आयुक्तबीच भेटवार्ता


  • 316
    Shares

    राष्ट्रिय सभा अध्यक्ष र कार्यवाहक प्रमुख निर्वाचन आयुक्तबीच भेटवार्ता
    images

    काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरेका छन् । सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आयुक्त भण्डारीले भेट गरेको दाहालको सचिवालयले जानकारी दिएको छ । 

    भेटमा भण्डारीले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि आयोगले गर्नुपर्ने तयारी र भए गरेका कामकारबाहीको बारेमा जानकारी दिएका हुन् । 

    साथै उनले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको लागि आयोगले गरिरहेका कामको बारेमा पनि जानकारी गराएको दाहालको सचिवालयले जानकारी दिएको छ । 

    सो अवसरमा सम्माननीय अध्यक्ष दाहालले निर्वाचन आयोगको सक्रियता र पहलकदमीले निर्वाचनको राम्रो माहौल बनेको भन्दै निर्वाचन सफल बनाउन आयोगको काम प्रशंसनीय रहेको बताएका थिए । 

     

    प्रकाशित मिति :मंसिर १५ २०८२ सोमवार - १७:३०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij