२०८२ मंसिर १५ गते सोमवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार सामान्य घटेर बन्द भएको छ । नेप्से परिसूचक ४.२८ अंकले घटेर २,६४५ को विन्दुमा कायम भएको छ ।
आज १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२६ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२५ कम्पनीको १ करोड ८ लाख ६० हजार ८२८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७१ करोडको शेयर कारोबार भएको छ ।
यस दिन सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रहेको छ । बैंकिङ ०.६८, होटल तथा पर्यटन ०.०४, लगानी ०.७३, जीवन बीमा ०.५१, अन्य ०.१८ तथा व्यापार ०.१० प्रतिशत घटेको छ ।
माइक्रोफाइनान्स ०.६१, उत्पादन तथा प्रशोधन ०.३०, जलविद्युत् ०.२२, फाइनान्स ०.९१ तथा विकास बैंक ०.२६ प्रतिशत बढेको छ ।
आज सबैभन्दा धेरै यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको २७ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने बन्दीपुर केबलकारको १४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij