२०८२ मंसिर १५ गते सोमवार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको शव आजै अन्त्येष्टि गरिँदैछ । त्यसका लागि उनको शव अस्पतालबाट बाहिर निकालिएको छ ।
उनको आजै अपराह्न सवा तीन बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बालेनको सचिवालयले जनाएको छ । आज मध्याह्न बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा रामनारायणको निधन भएको थियो । उनी लामो समयदेखि मधुमेहका बिरामी थिए । पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित थिए ।
अस्पतालका अनुसार उनको आज मध्याह्न १२ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए । त्यसअघि प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर भेटेकी थिइन् । बालेनलाई पितृ शोक परेको खबरले सरकारका मन्त्रीहरु, नेताहरु र बालेनका समर्थकहरु पनि अस्पताल पुगेका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij