Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

एनआईसी एशिया बैंक र एनसीएचएलबीच सम्झौता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच सम्झौता


  • 785
    Shares

    एनआईसी एशिया बैंक र एनसीएचएलबीच सम्झौता

    काठमाडौं । एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ आफ्ना ग्राहकहरुलाई नेपाल पे कार्ड जारी गर्ने सम्बन्धमा नेपाल क्लियरीङ हाउस लिमिटेड (एनसीएचएल) सँग सम्झौता गरेको छ ।

    उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । 

    यस सम्झौताले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) को रूपमा इजाजत प्राप्त एनसीएचएलद्वारा सञ्चालित स्वदेशी कार्ड योजना (डोमेस्टिक कार्ड स्क्याम) अन्तर्गतको यस नेपाल पे कार्ड आफ्ना ग्राहकहरुलाई जारी गर्न बैंक प्रमुख साझेदार बनेको छ भने बैंकलाई एनसीएचएलको राष्ट्रिय कार्ड स्वीचको प्रमुख साझेदारको रूपमा स्थापित गरेको छ । 

    यस सम्झौताले बैंकलाई नेपालको राष्ट्रिय भुक्तानी स्वीचमा पूर्ण रूपमा एकीकृत हुन मद्दत गर्नुको साथै स्वदेशी कार्डको रुपमा परिचित नेपाल पे कार्ड जारी गर्न बाटो खुलाउनेछ । साथै, देशभरका पीओएस र एटीएम नेटवर्कहरू मार्फत गरिने कारोबारहरू राष्ट्रिय शुल्क संरचना अन्तर्गत रहने सुनिश्चितता समेत गर्ने सम्झौतामा उल्लेख छ । 

    प्रकाशित मिति :मंसिर १५ २०८२ सोमवार - १५:०२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij